एनएमबीको ‘इन्स्टा बाइ’ सुविधा

Read Time = 1 min

काठमाडौं । एनएमबी बैंकले नयाँ क्रेडिट कार्ड किस्ता सुविधा ‘इन्स्टा बाइ’ ल्याएको छ । नयाँ सुविधाले ग्राहकलाई आफ्नो क्रेडिट कार्ड खरिदलाई व्यवस्थित मासिक भुक्तानीमा विभाजन गर्ने सुविधा प्रदान गर्नेछ । नयाँ सुविधाका साथमा ग्राहकले आफ्नो खरिद बराबर मासिक किस्तामा भुक्तान गर्न छनोट गर्न सक्नेछन्, त्यो पनि न्युनतम ब्याजदरमा ।

ADVERTISEMENT

इन्स्टा बाइमार्फत् अस्पतालको बिल, होटलको बिल, रेस्टुरेन्टको बिललगायतको भुक्तानी पनि मासिक समान किस्ता (इएमआई) मा रूपान्तरण गर्न सकिने बैंकले जनाएको छ । बैंकको वेबसाइटमा लगइन गरी प्रोडक्ट एण्ड सर्भिसेसमा क्लिक गरी वैकल्पिक डेलिभरी च्यानलअन्तर्गत इन्स्टा बाइ चयन गरी आफ्नो खरिदको भुक्तानी गर्न चाहेको कुल महिनाको संख्यासहित विवरण भर्नुपर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?