आफूले सेयर बजार पारदर्शी बनाएको हमालको दाबी

Read Time = 3 mins

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफ्नो ११ महिने कार्यकालको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । सो अवधिमा लगानीको मनोबल बढाएको र बजार स्वच्छ, पारदर्शी, निष्पक्ष र प्रतिस्पर्धी भएको उहाँले दाबीसमेत गर्नुभएको छ ।

अध्यक्ष हमालले सर्वसाधारण लगानीकर्ताको संरक्षण गर्दै स्वच्छ, निष्पक्ष, पारदर्शी तथा प्रतिस्पर्धी धितोपत्र बजार तथा समग्र धितोपत्र बजारको विकास तथा विस्तार गर्दै राष्ट्रिय पुँजी निर्माणका लागि काम गर्ने बताउनुभएको छ । सो अवधिमा लगानीकर्ताले विकसित बजारमा उपलब्ध भएका विशेषता तथा सुविधासहितको सेवा प्राप्त गर्न सक्ने गरी नेप्सेको कारोबार प्रणालीसँग आबद्ध हुने गरी धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) स्थापना गर्न सक्ने गरी धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को तेस्रो संशोधन गरी लागू गरिएको उहाँले बताउनुभयो ।

ADVERTISEMENT

सर्वसाधारण लगानीकर्ताको हितलाई ध्यान दिँदैं बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिदसम्बन्धी सुविधा उपलब्ध गराएबापत बढीमा सय रुपैयाँ सेवा शुल्क लिन सक्ने विगतको व्यवस्था परिमार्जन गरी बढीमा पाँच रुपैयाँ सेवा शुल्क लिन सक्ने व्यवस्था गरिएको, वैदेशिक रोजगारीमा गएका नेपालीलाई सार्वजनिक सेयर निष्काशनमा १० प्रतिशत सेयर आरक्षण हुने व्यवस्था मिलाइएको, वस्तु विनिमय संयन्त्र विकासका लागि आवश्यक कार्य अघि बढाइएको छ । धितोपत्रसम्बन्धी कसुरमा संगठित संस्थाका सञ्चालकलाई कारबाही गरी भित्री कारोबार भए÷नभएको सम्बन्धमा छानबिन गर्न बोर्डको इतिहासमा नै पहिलोपटक दुर्ईवटा केसमा तहकिकात अधिकारी नियुक्त गरी कार्य अघि बढाइएको पनि अध्यक्ष हमालले बताउनुभयो ।

बोर्डद्वारा सोमबार आयोजित कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले कर्मचारी अभाव हुँदा बिदाको दिन पनि काम गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । बोर्डमा सातजनामात्र कर्मचारी रहेको र बिदामा पनि काम गर्नुपर्ने बाध्यता रहेको उहाँको गुनासो थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज