तेहरान । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले जेलबाट १० हजारभन्दा बढी कैदीलाई रिहा गर्न आदेश दिनुभएको छ । आममाफी दिइएकामा हालैका सरकारविरोधी प्रदर्शनमा संलग्न पुरुष र महिला कैदी पनि समावेश छन् । इरानको आधिकारिक मिडियाको एक रिपोर्टमा यो माफी ‘सशर्त’ रहेको बताइएको छ । उहाँको यो निर्णय इस्लामिक क्रान्तिको ४४औं वर्षगाँठको केही दिनअघि लिइएको हो ।
करिब पाँच महिनाअघि २२ वर्षीया महसा अमिनीलाई प्रहरीले ‘हिजाब राम्ररी नलगाएको’ भन्दै कुटपिट गरी हत्या गरेको थियो । त्यसपछि इरानमा प्रदर्शनको शृंखला सुरु भएको थियो । हिजाब नलगाउन महिलाहरूले आन्दोलन गरिरहेका छन् । उनीहरूको समर्थनमा पुरुष पनि छन् । यी मानिस देशको नैतिकता प्रहरीको कठोरता र मनमानीपनको विरोध गरिरहेका छन् ।
त्यसयता आन्दोलन रोक्न प्रहरीले हजारौंलाई हिरासतमा लिएको छ । अधिकारीहरूले यी प्रदर्शनलाई विदेशी समर्थनमा भएको ‘दंगा’ भनेका छन् । हालसम्म ५ सयभन्दा बढी प्रदर्शनकारीको मृत्यु भइसकेको मानवअधिकार संगठनहरूले बताएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच