वकीलको कार्यचापका आधारमा दरबन्दी पुनःसंरचना पुनरावलोकन गर्न महान्यायाधिवक्ता पोखरेलको आग्रह

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले सरकारी वकीलले वकीलको कार्यचापका आधारमा दरबन्दी पुनःसंरचना पुनरावलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गर्नुभएको छ ।

सोमवार महान्यायाधिवक्ता कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री दाहालले पनि वकीलको कार्यचापका आधारमा दरबन्दी पुनःसंरचना पुनरावलोकन गर्ने प्रतिवद्धता जनाएकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले सरकारी वकीलको व्यवसायिक कार्य सम्पादनमा प्रवर्द्धन हुनेगरी नेपालको संविधानको धारा १६१ मा व्यवस्था गरिएको सरकारी वकील र महान्यायाधिवक्ताको कार्यालयअन्तर्गत रहने कर्मचारीहरुको लागि सेवा, सुविधा सम्बन्धी छुट्टै कानून बनाउन नेपाल सरकारले आवश्यक पहल गर्ने प्रधानमन्त्रीको भनाइले सरकारी वकीलहरुमा हौसला र उत्साह मिलेको बताउनु भयो ।

ADVERTISEMENT

उहाँले सरकारी वकीलको सम्पर्क कार्यालयको रुपमा रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरकारी वकीलकको इकाइ र दरबन्दी कायम गर्न प्रधानमन्त्रीबाट आवश्यक्ता बोध हुनु खुशीको कुरा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारी वकीलको व्यवसायिक कार्य सम्पादनमा प्रवद्र्धन हुनेगरी नेपालको संविधानको धारा १६१ मा व्यवस्था गरिएको सरकारी वकील र महान्यायाधिवक्ताको कार्यालयअन्तर्गत रहने कर्मचारीहरुको लागि सेवा, सुविधा सम्बन्धी छुट्टै कानून बनाउन नेपाल सरकारले आवश्यक पहल गर्ने प्रधानमन्त्रीज्युको भनाइबाट सरकारी वकील र कर्मचारीहरुलाई हौसला र आत्मविश्वास मिलेको छ । सरकारी वकीलको सम्पर्क कार्यालयको रुपमा रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरकारी वकीलकको इकाइ र दरबन्दी कायम गर्न प्रधानमन्त्रीबाट आवश्यक्ता बोध भएको सुन्न पाउँदा खुशी भएका छौँ । नेपालको संविधानले महान्यायाधिवक्तालाई तोकेको जिम्मेवारी अन्तर्गत कारागार, हिरासत र बालसुधार गृहमा रहेका व्यक्तिहरुको मानव अधिकार संरक्षण भए नभएको अनुगमन गरी अधिकारीहरुलाई निर्देशन दिने र सेवा, सुविधा बिस्तार गर्ने कुराले सरकारी वकीलहरु थप उत्साहीत भएका छन् । सरकारी वकीलले वकीलको कार्यचाप समेतका आधारमा दरबन्दी पुनःसंरचना पुनरावलोकन गर्ने सन्दर्भमा सहयोगको अपेक्षा गरेको छु ।’

महान्यायाधिवक्ता पोखरेलले देशैभर विद्युतीय कारोबार सम्बन्धी मुद्दाको क्षेत्राधिकार काठमाडौं जिल्ला अधिकारमा मात्रै सिमित रहेकोमा सबै जिल्ला अदालतमा बिस्तार गर्न आवश्यक रहेको र यसका लागि नेपाल राजपत्रमा सूचना प्रकाशित गर्ने सन्दर्भमा कारबाही हुन कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग महान्यायाधिवक्ताको कार्यालयबाट अनुरोध गरिएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?