मन्त्रिपरिषदको बैठक बस्दै, नयाँ मन्त्रीबारे छलफल हुने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज अपरान्ह ४ बजे सिंहदरबारमा बस्दै छ ।

सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार सरकारको समर्थन जारी राख्दै सरकारमा सहभागी मन्त्री फिर्ता गरेपछि यो बैठक बोलाइएको हो ।

ADVERTISEMENT

रवि लामिछानेको गृहमन्त्री पद गुमेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै गृहमन्त्रालयसहित वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय छन् ।

आइतबार रास्वपाका शिक्षा, विज्ञान तथा प्रविधिबाट शिशिर खनाल र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयबाट डोरप्रसाद अर्याल तथा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्रीलाई राजीनामा बुझाउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *