काठमाडौं । आइएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको छ । आइएमई पे एपमा अफर अवधिभरि कम्तीमा तीनवटा विभिन्न कारोबारको भुक्तानीपछि पाँचजनाले सामसुङ स्मार्टफोन जित्न सक्नेछन् ।
भ्यालेन्टाइन महिना भएकाले अफरको नामाकरण पनि सोहीअनुसार गरिएको र अफर फेब्रुअरी महिनाभर सञ्चालन हुने कम्पनीले जनाएको छ । अफर अवधिको समाप्तिपछि आइएमई पेको आधिकारिक सामाजिक पेजमार्फत् भाग्यशाली विजेता घोषणा हुने बताइएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता