सुन आपूर्ति सुधार गर्न माग

Read Time = 1 min

काठमाडौं । बजारमा कच्चा सुनकोे चरम अभाव भएको भन्दै सुनचाँदी व्यवसायीले तत्काल आपूर्ति व्यवस्थामा सुधार गर्न सरकारसँग माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै सुनको आपूर्ति बढाउन माग गरेको हो ।

ADVERTISEMENT

मन्त्री भण्डारीले व्यवसायीका समस्यालाई आफूले नजिकबाट नियालेको उल्लेख गर्दै समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । महासंघले सुनचाँदी कारोबारको निर्देशका जारी गर्नसमेत माग गरेको छ । सो अवसरमा उपाध्यक्षद्वय पवनकुमार सोमानी र महेन्द्ररत्न शाक्य तथा सचिव किरणभाइ बज्राचार्य र सहकोषाध्यक्ष पद्मसुन्दर शाक्यलगायतको उपस्थिति रहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज