काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभिव्यत्तिलाई लिएर पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
लामिछानेले सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक धम्की दिएको भन्दै महासंघले आपत्ति जनाएको हो ।
महासंघका महासचिव रोशन पुरीले आज एक विज्ञप्ति जारी गर्दै संसदको चौथो ठूलो दलका अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेका व्यक्तिले सञ्चारक्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चारक्षेत्रमाथिको प्रहार भएको समेत बताएको छ ।
‘सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।
आइतबार रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरे लगत्तै सभापति लामिछानेले पत्रकार सम्मेलन गर्दै मिडियामा माथि खनिनु भएको थियो ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts