काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सा थाप्नु नै गलत : अध्यक्ष ओली

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सा थाप्नु नै गलत भएको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसदजस्तो सार्वजनिक पदमा भने राष्ट्रिय सहमति नगर्नुले काँग्रेसले ढोक्सा थापेर अहिलेको गठबन्धनलाई तोड्ने काममा लागिपरेको बताउनु भयो ।

उहाँले काँग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीमा आफू बाहेक अरुलाई स्वीकार्न नसकेर हठातमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताउनु भयो । उहाँले काँग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत राष्ट्रपतिको निर्वाचनमा समस्या खडा गर्नु रहेको बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘कांग्रेसको यस व्यवहारलाई सरकारमाथि विश्वास गरेको मान्न सकिँदैन । मैले त्यतिबेलै भनेको थिए मतदान मात्रै गरेको भए त ठीकै हो । ढोक्सा थापेको हो भने गल्ती हो । ढोक्सा बेलुका थापिन्छ । अँध्यारोमा माछा पार्न खोजिन्छ ढोक्सामा । बिहान भएपछि रित्तो ढोक्सा बोक्यो फेरि घर फर्क्यो । सरकारलाई दिएको विश्वासको मतलाई राष्ट्रपति र सभामुखको निर्वाचनमा खिचलो खडा गर्ने काँग्रेसको रणनीति देखिन्छ ।’

अध्यक्ष ओलीले नेपाली काँग्रेस पुनः सरकारमा आउनका लागि बल गरिरहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *