राष्ट्रियसभा उपाध्यक्षको मनोनयन दर्ता आज

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन दर्ता आज हुँदैछ । अपरान्ह दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ४ः १५ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन कार्यक्रम रहेको छ । राष्ट्रियसभा उपाध्यक्ष रहेकी शशीकला दाहालको कार्यकाल सकिएको लामो समयसम्म उपाध्यक्ष पद खाली रहेको थियो ।

ADVERTISEMENT

राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसले उम्मेदवार उठाउने निर्णय गरेपनि नाम सार्वजनिक गरेको छैन । यता सत्तारुढ दलले पनि उम्मेदवारको टुंगो लगाइसकेका छैनन् । यद्धपी, आज दुवैको तर्फवाट उम्मेदवार मनोनयन भने हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *