हवाई दुर्घटना जोखिम न्यूनीकरणमा जोड

Read Time = 4 mins

काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले नेपालमा हवाई दुर्घटना जोखिम शून्यमा झार्ने प्रयासमा संघ लागिरहेको जनाएको छ । हवाई सुरक्षासम्बन्धी शुक्रबार आयोजित छलफलमा संघका अध्यक्ष रामेश्वर थापाले नेपालको उडान सुरक्षित र भरपर्दो रहेको दाबी गर्दै हवाई यात्राको जोखिम शून्यमा लैजान विज्ञ र सबै सरोकारवाला सक्रिय रहेको बताउनुभएको हो । दुर्घटना संयोगले हुने जिकिर गर्दै उहाँले पोखराको दुर्घटना हेरेर एयरलाइन्स असुरक्षित छन् भन्ने सोच्नुनहुने बताउनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको फ्लाइट अपरेटर डिपार्टमेन्टका निर्देशक श्यामकिशोर साहले पोखरामा भएको ठूलो दुर्घटनापछि प्राधिकरण के गर्दैछ भन्ने प्रश्न उठेको भन्दै नेपाल तालिममा एकदमै कमजोर रहेको बताउनुभयो । इञ्जिनियरिङ र पाइलटलाई तालिम भइरहे पनि एयर ट्राफिक कन्ट्रोलर र फ्रन्टलाइनमा काम गर्नेलाई तालिम कम भएको उहाँको भनाइ थियो । इञ्जिनियर मृगेन्द्रकुमार श्रेष्ठले सुरक्षित वायुसेवाका लागि विमानको डिजाइन, उत्पादन, प्रमाणीकरण, वायु योग्यता र उमेरलगायतका पक्ष महत्वपूर्ण हुने बताउनुभयो ।

क्याप्टेन विनोद पुरीले हवाई दुर्घटनामा कुनै एउटा पक्षलाई मात्र दोष दिनुनहुने बताउनुभयो । संघका महासचिव मनोज कार्कीले सुरक्षा सतर्कता अपनाउँदा अपनाउँदै पनि दुर्घटना हुने गरेको भन्दै सम्भावित जोखिम न्यूनीकरणका लागि वायुसेवा सञ्चालकहरूले गरेका कामबारे जानकारी गराउन कार्यक्रम गरिएको बताउनुभयो ।

ADVERTISEMENT

नागरिक उड्डयन प्राधिकरणले सुरक्षित उडानका लागि भन्दै विभिन्न छवटा मापदण्ड पालनाका लागि निर्देशन दिएको छ । उडान सुरक्षालाई नियमितरूपमा अद्यावधिक गरेर थप सुदृढीकरण गरी हवाई यातायात सेवा अझै सुरक्षित, भरपर्दो, मर्यादित तथा अनुशासित बनाउने र हवाई सेवा प्रदायक निकायको सेवा सञ्चालनप्रतिको व्यावसायिक जिम्मेवारी तथा जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले नयाँ व्यवस्था लागू गरिएको प्राधिकरणले जनाएको छ ।

जसअन्तर्गत हेलिकप्टरबाहेक अन्य वायुयानले भिएफआर फ्लाइटअन्तर्गत स्टाविलाइज्ड एप्रोच गर्दा सर्ट केट अफ र ल्याण्डिङ एसटिओएल विमानस्थलहरूमा जमिन सतहबाट कम्तीमा पाँच सय फिट तथा अन्य विमानस्थलमा कम्तीमा एक हजार उचाइ अनिवार्य कायम गर्नुपर्नेछ ।

त्यस्तै, स्टोल विमानस्थलको उडानमा रहेको फ्लाइट टाइम लिमिटेसन अधिकतम् प्रतिदिन आठ घण्टाबाट घटाएर सात घण्टा कायम गर्नुपर्ने, नन स्टोल विमानस्थलको उडानमा रहेको फ्लाइट टाइम लिमिटेसन अधिकतम् प्रतिदिन आठ घण्टाबाट घटाएर सात घण्टा र प्रतिदिन १० वटा कायम रहेको उडान÷अवतरणलाई आठवटा कायम गर्नुपर्ने लगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज