इको प्यानलको तालिमपछि ३५ जना रोजगारीमा

Read Time = 1 min

काठमाडौं । नेपाल इको प्यानलको आयोजनामा दुईदिने इको प्यानल जडान तालिम सम्पन्न भएको छ । तालिममा सहभागीले इको प्यानल जडान गर्न सिकेसँगै उनीहरूले रोजगारी पनि पाएका छन् । नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इञ्जिनियर कृष्णभक्त दुवालले देशभर नै इको प्यानलको प्रयोगबाट भौतिक संरचना निर्माण गर्ने क्रम बढिरहेकाले आवश्यक जनशक्तिका लागि तालिम सञ्चालन गरिएको बताउनुभयो ।

ADVERTISEMENT

देशमा रोजगारी समस्या भइरहेका बेला स्वरोजगार बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको उहाँको भनाइ छ । सहभागीलाई कम्पनीले एक कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरेको छ । तालिममा काठमाडांै उपत्यकासहित देशका विभिन्न जिल्लाबाट पाँच महिलासहित कुल ३५ जना तालिममा सहभागी रहेको कम्पनीले जनाएको छ । नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेसनवालका रूपमा प्रयोग हुने आधुनिक निर्माण सामग्री हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज