डडेल्धुरा । डडेल्धुरा जिल्लाका हार्डवेयर व्यवसायीहरुले बैंक ग्यारेन्टी विनाको कारोबार नगर्ने निर्णय गरेका छन ।
डडेल्धुरा हार्डवेयर व्यवसायी संघका अध्यक्ष लालमनि पन्तद्वारा हस्ताक्षरित निर्णय सार्बजनिक गर्दै कोरोना महामारीले थला परेको व्यवसायमा थप आर्थिक मन्दीले व्यवसाय नै धरासायमा परेको भन्दै हार्डवेयर सामग्रीहरु उधारोमा नदिने निर्णय गरेको हो ।
बिभिन्न निर्माण सामग्री उत्पादक तथा सप्लायर्सहरुले नगद कारोबारमा मात्र निर्यात तथा सामग्री उपलब्ध गराउने भएकाले सोहि अनुरुप जिल्लाका व्यवसायीले पनि नगद मात्र वा बैंक ग्यारेन्टीमा मात्र कारोबार गर्ने बताएको छ ।
हार्डवेयर सामान लैजाने पुराना ग्राहले निर्माणको सम्बन्धित निकायबाट भुक्तानी प्राप्त गरेर पनि हार्डवेयरको भुक्तानी नगर्दा र बजारमा आएको आर्थिक मन्दि र बैंकहरुले ऋण ब्याजमा अचाक्ली बृद्धि गरेका कारण बाध्य भएर उधारोमा कारोबार नगर्ने निर्णय गरिएको अध्यक्ष पन्तले बताउनुभयाे ।
उहाँले भन्नुभयाे, 'बजारमा २० करोड भन्दा बढि उधारो छ, सरकारले बजारमा आर्थिक गतिबिधि हुने कुनै पनि काम नगरेका कारण व्यवसायीहरु मार्कामा छन ।'
डडेल्धुरा हार्डवेयर व्यवसायी संघमा निर्माण सामग्री सम्बन्धित २२ जना सप्लायर्स व्यवसायीहरु आबद्ध रहेको संघले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts