काठमाडौं । जनताले अनुभूत गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने अठोटका साथ आफू मन्त्री बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बताउनु भएकाे छ ।
स्वास्थ्य पत्रकार मञ्च नेपालको वार्षिक साधारणसभा तथा पाँचौ राष्ट्रिय अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथी मन्त्री गिरीले यस क्षेत्रका विकृति र विसंगति रोक्नका लागि पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने बताउनुभयाे । नेपालको स्वास्थ्य क्षेत्र विकराल छ, जनताले गुणस्तरीय सेवा पाउन सकेका छैनन्, यसबारे कलम चलाएर सुधारका लागि केही न केही योगदान गर्छु भन्ने लागेर नै तपाईहरू स्वास्थ्य पत्रकारितामा आउनुभएको होला,’ मन्त्री गिरीले भन्नुभयाे, ‘हाम्रो स्वास्थ्य क्षेत्रलाई तमाम गरिब जनताको पहुँचमा कसरी पुर्याउन सकिन्छ, गरिबले पनि कसरी गुणस्तयरीय सेवा पाउन सक्छन्, यस विषयमा खोज गरेर कलम चलाइदिनुस्, हामी जिम्मेवारीमा रहेका मानिसलाई पनि त्यसबाट फिडब्याक लिएर केही गर्न मार्गदर्शन मिलोस् ।’
उहाँले अगाडी भन्नुभयाे, ‘स्वास्थ्य क्षेत्रका बेथिति, भ्रस्ट्राचार र अपारदर्शिताविरुद्ध निर्मम भएर कलम चलाइदिनुभयो भने देशका लागि ठूलो योगदान हुन्छ, हामी जिम्मेवारीमा छौं, तपाईहरूले हामीलाई खबरदारी गर्नुपर्छ ।’
स्वास्थ्य क्षेत्रमा देखिनेगरी परिवर्तन ल्याउने अठोटका साथ आफूले मन्त्रालय सम्हालेको मन्त्री गिरीले बताउनुभयाे । ‘हामीले ठूलो परिवर्तन ल्याउने अठोटका साथ यो जिम्मेवारी लिएका छौं । एकैचोटी सबै समस्या समाधान नहोला । हाम्रो स्रोत र साधनका सिमा छन् तर आम जनताले महसुस गर्नेगरी काम गर्नेछौं,’ उहाँले भन्नुभयाे ‘पात्र र प्रवृत्तिदेखि सबै पक्ष नियालिरहेका छौं, अहिले अध्ययनमै छौं ।’







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts