‘सबैलाई सरल भाषामा सामग्री बनाउने तरिका’ सेमिनार सम्पन्न

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । बौद्धिक अपांगता भएका स्व-वकालतकर्ताहरूले राजधानीमा शुक्रबार ‘सबैलाई सरल भाषामा सामग्री बनाउने तरिका’ सिकाएका छन् । राष्ट्रिय अपांग महासंघ नेपाल तथा बौद्धिक अपांगताका अभिभावक महासंघ, नेपाल र सिबिएम ग्लोबलको संयुक्त सहकार्यमा आयोजित ‘सरल भाषा सम्पादन सम्बन्धी राष्ट्रिय सेमिनार’ मा कुनै पनि सामग्रीहरू प्रकाशन गर्दा सबै प्रकारका अपांगता भएका व्यक्तिहरूलाई उक्त सामग्री पढ्न तथा बुझ्न सहज होस भनेर स्व-वकालतकर्ताहरूले सो तरिका सिकाएका हुन् ।

बौद्धिक अपांगता भएका स्व-वकालतकर्ताहरूको एउटा ‘सरल भाषा सम्पादन समूह’ छ । जसले सरल भाषामा सामग्री कसरी बनाउने भन्ने विषयमा सबैलाई सिकाउनका लागि काम गरिरहेको छ र शुक्रबार आयोजित सो सेमिनार पनि बौद्धिक अपांगता भएका स्व-वकालतकर्ताहरू आफँै सक्रिय भएर सञ्चालन गरेका हुन् साथै सो कार्यक्रममा उपस्थित सहभागीहरूबाट उठेका प्रश्नहरूको समेत उनीहरूले आफैँ जवाफ दिएका थिए ।

कार्यक्रममा ‘हामी को हौं ?’ शीर्षकको जानकारीमूलक प्रकाशन सामग्री तथा स्व-वकालतकर्ताहरूको चिनारी तथा उनीहरूको यस कामसँग सम्बन्धित विषयमा जानकारी दिने श्रव्यदृष्य सामग्री पनि सार्वजनिक गरिएको थियो ।

ADVERTISEMENT

प्रमुख अतिथीको रूपमा आमन्त्रित राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव नवराज सापकोटाले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै यस कार्यक्रममा उठेका सवालहरूमा आयोगले के गर्न सक्छ भन्ने विषयमा आयोगमा छलफल गर्ने तथा आयोगबाट प्रकाशन भएका सामग्रीहरू मध्ये बाट कुनै एक सामग्रीलाई सरल भाषामा प्रकाशन गर्नका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

वास्तवमा, बौद्धिक अपांगता भएका व्यक्तिहरूले आफैँले यसरी काम गर्नु आफैमा एउटा ठूलो चुनौती तथा उदाहरण हो किनकी बौद्धिक अपांगता भएका व्यक्तिहरूलाई धेरैजसो अवस्थामा अरूको सहयोगको आवश्यकता पर्दछ । तर अवसर, सबैको साथ, प्रेरणा र सहयोग पाउँदा उनीहरू आफैँ पनि अग्रसर भएर काम गर्न सक्छन् भन्ने यो एउटा ठूलो उदाहरण भएको सहभागीहरूको ठम्याई रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *