अनलाइनबाटै नेपाल एयरलाइन्सको टिकट

फाइल तस्बिर

Read Time = 1 min

काठमाडौं । नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने व्यवस्था सुरु गरेको छ । अब यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका टिकट अनलाइनमार्फत् काट्न सक्ने निगमले जनाएको छ । निगमले यात्रुको सहजताका लागि हाललाई इ-सेवाबाट पूर्णरूपमा सर्वसुलभ हुने गरी आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट काट्न सक्ने व्यवस्था गरेको हो ।

आगामी दिनमा अन्य वालेट तथा वेबसाइटमार्फत् पनि टिकट काट्ने व्यवस्था मिलाइने निगमले जनाएको छ । निगमले दुर्गम र विकटका जनतालाई आन्तरिक उडान सेवा प्रवाहको प्राथमिकतामा राखिएको बताएको छ ।

ADVERTISEMENT

आन्तरिकतर्फ उडान हुने विमानको उपलब्ध सिट संख्या १९ भए पनि यात्रु बोक्ने क्षमतामा उडान गन्तव्यको मौसम, इन्धनको उपलब्धता, विमानको प्राविधिक क्षमतालगायतका विविध कारणले प्रभाव पार्ने हुँदा बिक्री गर्न सकिने सिट संख्यामा स्वतः परिवर्तन हुने पनि निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?