मधेश प्रदेशसभाको विषयगत समिति सभापतिमा भागबन्डा मिल्यो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

जनकपुरधाम । मधेश प्रदेशको प्रदेशसभाअन्तर्गत रहने विषयगत समिति सभापतिको भागबन्डामा दलीय सहमति जुटेको छ ।

प्रदेशसभाअन्तर्गत रहेका सातवटा विषयगत समिति सभापतिमा बागबन्डा मिलेको लोसपाका सांसद उपेन्द्र महतोले जानकारी दिनुभयाे । उहाँकाअनुसार  कांग्रेसले लेखा समितिको सभापति पाएको छ ।

ADVERTISEMENT

माओवादीले प्राकृतिक स्रोत तथा वातावरण समिति, लोकतान्त्रिक समाजवादीले महिला बालबालिका तथा सामाजिक न्याय समिति, जनता समाजवादीले विकास समिति, जनमतले अर्थ तथा योजना समिति, एमालेले कृषि तथा भूमि व्यवस्थापन समिति र एकीकृत समाजवादीले प्रदेश मामिला समितिको सभापति पाएको महताेले जानकारी दिनुभयाे ।

आ-आफ्नो भागमा परेका समितिको सभापतिको नाम भने सम्बन्धित् दलहरुले टुंग्याउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?