चीनमा सन्तान प्राप्तिको सीमा खुला

सिछुआनमा अविवाहितलाई पनि सन्तान जन्माउने अधिकार

Read Time = 1 min

बेजिङ । जन्मदर निरन्तर घट्दै गएपछि चीनमा सन्तान प्राप्तिको सीमा खुला गर्न थालिएको छ । सिछुआन प्रान्तले कुनै पनि दम्पतीलाई असीमित सन्तान जन्माउने अधिकार दिएको छ । जन्मदर घटेर जनसंख्या नै खुम्चिने अवस्था आएपछि इच्छानुसार सन्तान जन्माउने अधिकार दिइएको हो ।

ADVERTISEMENT

सिछुआनमा अविवाहितहरूलाई पनि सन्तान जन्माउने र उनीहरूका सन्तानको जन्म दर्ता गर्न दिइने भएको छ । सन् १९७० देखि एक सन्तान नीति लिएको चीनले सन् २०१६ मा उक्त नीति खारेज गर्दै दुई सन्तानको नीति ल्याएको थियो । तर, पछिल्लो दशकमा जन्मदर निरन्तर घटेर देशको अर्थतन्त्रमै असर पर्ने खतरा आएपछि चिनियाँ अधिकारीहरू जन्मदर कसरी बढाउने भन्ने योजनामा लागेका छन् । बढी सन्तान जन्माउने आमाहरूलाई करमा सुविधा दिने प्रस्ताव चीन सरकारले ल्याएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज