तराईमा हुस्सु-कुहिरो, काठमाडौंमा मौसम सफा रहने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

बिहीबार देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । देशका तराईका केही भू-भागहरूमा हल्का हुस्सु लागेको छ ।

बुधबार पनि दिनभरीजसो तराईका जिल्लामा हुस्सु, कुहिरो लागेको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि दिउँसोसम्म नै हुस्सु, कुहिरो लाग्ने सम्भावना छ ।

पूर्वी तराईको तुलनामा मध्य र पश्चिम तराईका जिल्ला हुस्सु कुहिरोका कारण प्रभावित छन् । हुस्सु, कुहिरोका कारण तराईका जिल्लामा भिजिबिलिटी समेत घटेको छ । भिजिबिलिटी घटेकाले यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।

ADVERTISEMENT

आज अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहने अनुमान छ । काठमाडौं उपत्यकासहित धेरै ठाउँमा घाम लाग्ने छ । तत्काललाई वर्षा र हिमपातको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *