उधारो असुली सम्बन्धी कानुनको माग

Read Time = 3 mins

काठमाडौं । नेपाल समुन्द्रपार निकासी पैठारी संघले पछिल्लो समय व्यवसायीमा आत्महत्याको क्रम बढेको भन्दै चिन्ता प्रकट गरेको छ । संघले उधारोमा बिक्री गरेको सामानको पैसा नउठ्ने, उधारो असुली कानुनको अभावमा बक्यौता नतिर्नेविरुद्ध कानुनी उपचार खोज्न पनि नसकेको, बैंकको साँवा-ब्याज भुक्तानी गर्न नसकेर इमान्दारी र प्रतिष्ठा जोगाउन नसकेको जस्ता कारण देखाउँदै व्यापारी व्यवसायीले आत्महत्या गरेका समाचारहरू बढेर जानु दुखद् भन्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको छ । काठमाडौंको वानेश्वरस्थित संसद् भवनअगाडि एकजना व्यवसायी प्रेम आचार्यले गरेको आत्मदाहको घटनामा पनि उधारोमा बिक्री गरेको सामानको रकम असुली नहुनु प्रमुख कारणका रूपमा देखिएको उल्लेख गर्दै संघले उक्त दुखद् घटनाले संघलगायत निजी क्षेत्रले लामो समयदेखि आवाज उठाउँदै आएको उधारो असुली कानुनको आवश्यकतालाई थप उजागर गरेको जनाएको छ ।

संघद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आचार्यको आत्मदाहलगायत अन्य व्यवसायीले गरेका आत्महत्याका घटनाले कोरोना महामारी र रुस-युक्रेन युद्धले विश्वव्यापीरूपमै ल्याएको प्रतिकूल अवस्थाबाट मुलुकका उद्यमी व्यवसायी अभूतपूर्व तनावमा रहेको पनि प्रष्ट पारेको छ । आर्थिक कारोबारमा आएको कमीबाट उद्यमी व्यवसायीमात्र नभएर सरकार स्वयं पनि लक्षित राजस्व संकलनमा चुकेको अवस्था छ । यी सम्पूर्ण कुरा बेलैमा सम्बोधन गर्न नसके स्थिति अझ भयावह हुने निश्चित छ । अतः उपयुक्त नीतिगत र कार्यगत हस्तक्षेपमार्फत् आर्थिक क्षेत्रमा देखिएका प्रतिकूलता न्यूनीकरण तथा उद्यमी व्यवसायीको चासो सम्बोधन गर्ने खालका कानुनी व्यवस्था यथाशीघ्र मिलाउन संघ सरोकारवाला सबै निकाय र जिम्मेवार अधिकारीमा हार्दिक आग्रह गर्दछ ।’

ADVERTISEMENT

संघले विद्यमान प्रतिकूलता अन्त्यका लागि आर्थिक मुद्दामा मुलुकका राजनीतिक दल, उद्यमी व्यवसायी, राष्ट्र«सेवक कर्मचारीलगायत सबै सरोकारवाला पक्ष एकमत भई अघि बढ्नुपर्नेमा जोड दिएको छ । राजनीतिक विचार र दर्शन आफ्नो ठाउँमा राखेर आर्थिक मुद्दामा राष्ट्रि«य सहमति कायम गर्न पनि संघका महासचिव अनिलकुमार अग्रवालले सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज