काठमाडौं । इण्टिलेक्चुअल ग्रोथ भन्ने नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले तीनदिने ‘ब्रान्च मेनेजर कन्फ्रेन्स’ नगरकोटमा सम्पन्न भएको छ । कम्पनीका शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको उद्देश्य जीवन बीमा व्यवसायसँग सम्बन्धित विद्यमान अवस्थाबारे छलफल गरी चालु आर्थिक वर्षको बाँकी अवधिको व्यावसायिक खाका कोर्ने रहेको कम्पनीले जनाएको छ ।
विभागीय प्रमुख तथा देशैभरिबाट शाखा प्रमुख एवं मार्केटिङ कर्मचारी गरी एक सय ५० भन्दा बढीको सहभागिता रहेको सम्मेलन उद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमा व्यवसाय प्रतिस्पर्धात्मक र जटिल हुँदै गइरहेको अवस्थामा आफ्नो दक्षता, मिहिनेत र आपसी समन्वयबाट कम्पनीको व्यावसायिक लक्ष्य हासिल गरी बीमा बजारमा अग्र स्थानमा पुर्याउन लाग्नुपर्ने बताउनुभयो ।
नेपाल बीमा प्राधिकरणका निर्देशक सुशील देव सुवेदीले बीमा ऐन, २०७९ ले गरेका व्यवस्थाबारे प्रस्तुति दिँदै नयाँ बीमा ऐन, २०७९ जारी भएपछि प्राधिकरणले बीमासँग सम्बन्धित हरेक विषय कानुनीरूपमा नै नियमन गर्न सक्ने फराकिलो दायरा तय भएको बताउनुभयो । कर्मचारीहरूलाई कम्पनीका सहायक महाप्रबन्धक प्रज्वल सायमीले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने विभागीय काम कारबाहीमा शाखा कार्यालयको भूमिकाबारे प्रस्तुति दिनुभएको थियो । अन्तर्राष्ट्रिय प्रशिक्षक तरुण ओझाले व्यावसायिक दक्षता अभिवृद्धि गराउने उद्देश्यले व्यक्तित्व विकास सम्बन्धमा र प्रोडक्ट मिक्सिङका प्राविधिक पक्षबाबारेमा प्रशिक्षण दिनुभएको कम्पनीले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements