काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल(एलआइसी)ले १ः०.८८४५१६८ को अनुपातमा जारी गर्न लागेको साबिकका सेयरधनीलाई प्रतिसेयर सय रुपैयाँ दरका दुई करोड ३४ लाख ६८ हजार कित्ता सेयरको हुने दुई अर्ब ३४ करोड ६८ रुपैयाँबराबरको हकप्रद सेयर निष्कासन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको कार्यालय पुतलीसडक, काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङतर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालतर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । एसबिआई मर्चेण्ट बैंकिङ नेपाल एसबिआई बंैककोे पूर्ण स्वामित्वको सहायक कम्पनी हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts