काठमाडौं । रियलमीले आगामी फ्ल्यागसिप स्मार्टफोनमा दुई सय ४० वाटको चार्जिङ सपोर्ट हुने जनाएको छ, जुन अहिलेसम्मकै सबैभन्दा छिटो हो । यससँगै रियलमी विश्व मोबाइल उद्योगमै सबैभन्दा बढी पावरको चार्जिङ टेक्नोलोजी प्रदान गर्ने स्मार्टफोन ब्राण्ड हुने कम्पनीको दाबी छ । कम्पनीका अनुसार कटिङ एज चार्जिङ सोलुसनयुक्त नयाँँ प्रविधिले फोनलाई सुरक्षित र छरितो तरिकाले चार्ज गर्छ, जसले उपभोक्तालाई राम्रो अनुभव प्रदान गर्छ ।
९८.७ प्रतिशतको अत्यधिक उच्च पावर कन्भर्सन रेट भएको दुई सय ४० वाटको इनोभेटिभ चार्जिङ आर्किटेक्चरले लो भोल्टेजमा नै सुरक्षित तरिकाले चार्ज गर्न सक्छ । साथै कम्पनीले संसारमै पहिलोपटक १२ एम्पियरको चार्जिङ केवल पनि ल्याउँदैछ जुन मोबाइल उद्योगमैै हालसम्मकै सबैभन्दा राम्रो र उच्च स्ट्याण्डर्डको हो ।
यसअघि रियलमीले २०२१ मा ६७ वाटको चार्जिङ प्रविधि अपनाउँंदै मिड रेन्ज सेग्मेन्टमा फास्ट चार्जिङ प्रविधि ल्याएको थियो भने २०२२ मा पनि रियलमी जिटी नियो ३ मार्फत समस्त मोबाइल उद्योगमै पहिलोपटक एक सय ५० वाटको फास्ट चार्जिङ प्रविधि ल्याएको थियो । जसमा २० मिनेटमै शून्यबाट शत प्रतिशतसम्म मोबाइल चार्ज हुन सक्थ्यो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts