आजदेखि सरकारी कार्यालय अपरान्ह ५ बजेसम्म

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । सरकारी कार्यालयहरू आजदेखि अपरान्ह पाँच बजेसम्म खुल्ने भएका छन् ।

गृह मन्त्रालयका अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म ४ बजे बन्द हुने सरकारी कार्यालयहरू आजदेखि पाँच बजेसम्म नै खुल्ने भएका हुन् ।

ADVERTISEMENT

मन्त्रालयले बर्सेनी राजपत्रमा सूचना प्रकाशन गरी कार्यालय हाजिर हुने र छुट्ने समय तोक्ने गरेको छ । जसअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म तीन महिना बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु अपरान्ह ४ बजे नै बन्द हुने गर्छन् ।

वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपरान्ह ५ बजेसम्म तोकिएको मन्त्रालयले उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *