हिरासत तोडेर धनुषाबाट ६ थुनुवा फरार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

जनकपुरधाम । धनुषामा ६ जना अभियुक्त फरार भएका छन् । आइतबार राति इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत तोडेर ६ अभियुक्त फरार भएका हुन् ।

भागेकामध्ये २ जना हातहतियार, २ जना लागुऔषध र २ जना सार्वजनिक अपराध कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ADVERTISEMENT

फरार भएकाहरूको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज