अमेरिकी उपमन्त्री नुल्याण्डले आज उच्चस्तरीय भेटवार्ता गर्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएकी अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्डले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने हुनुभएको छ ।

नुल्याण्ड दुई दिने नेपाल भ्रमणका लागि आइतबार राति अमेरिकाको राजधानी वाशिङटन डिसीबाट सिधै काठमाडौं आउनुभएको थियो ।

ADVERTISEMENT

उहाँले आज प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । यद्यपि भेटवार्ताको समय भने सार्वजनिक गरिएको छैन ।

यस्तै उहाँले नेपालको नयाँ सरकारसँग अमेरिकी साझेदारीको बृहत एजेन्डामा छलफल गर्ने पनि बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज