काठमाडौं । अपि पावर कम्पनीले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद निष्कासन गर्न नियमनकारी निकाय विद्युत् नियमन आयोगबाट अनुमति पाएको छ । कम्पनीको माघ २ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी तीन अर्ब ८४ करोडमा गत आर्थिक वर्षको ७.५ प्रतिशत बोनस सेयरसमेत समावेश गरी कायम हुने चुक्ता पुँजी चार अर्ब १३ करोड ३२ लाख रुपैयाँको १ः०.४० को अनुपातमा सय रुपैयाँ अंकित दरका एक करोड ६५ लाख ३३ हजार एक सय ३७ कित्ता हकप्रद निष्कासन गर्ने निर्णय गरेको थियो ।
आगामी बस्ने कम्पनीको १९औँ वार्षिक साधारण सभाबाट अनुमोदन गरी नेपाल धितोपत्र बोर्डसमक्ष अन्तिम स्वीकृतिका लागि पेश भई हकप्रद सेयर जारी तथा निष्कासनको स्वीकृतिपछि हकप्रद सेयर निष्कासन तथा बिक्री गरिने कम्पनीले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता