पुतलीबजारको आयोजनामा आँखा शिविर सम्पन्न

युवराज पौडेल स्याङ्जा, संवाददाता
युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 4 mins

स्याङ्जा । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका आयोजनामा तथा हिमालय आँखा अस्पताल तथा रोटरी क्लब अफ पोखराको प्राविधिक सहयोगमा आज मिति पुतलीबजारको वडा नं ४ मा गणेशपुर स्वास्थ्य चौकी र फुलबारी माध्यमिक विद्यालय रामकोशमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

१५ देखि २९ गतेसम्म पुतलीबजारका सबै वडाहरुमा निशुल्क आँखा शिविर सञ्चालन गर्ने अभियान अन्तर्गत आज वडा नं ४ मा आँखा रोगीहरुका लागि परीक्षण र विशेष उपचारको व्यवस्था गरिएको पुतलीबजार नगरका स्वास्थ्य अधिकृत ईश्वर थापाले जानकारी दिनुभएको छ ।
उक्त शिविर कार्यक्रममा प्रमुख अतिथि पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले आँखा स्वस्थ राख्न प्रत्येक घरमा धुँवारहित चुल्हो बनाउनुपर्ने तथा खानपानमा पनि ध्यान दिनुपर्ने भन्दै पुतलीबजार नगरपालिकाले सबै वडाका दुई ठाउँमा आँखा शिविर सञ्चालन गर्ने अभियान सुरु गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस स्याङ्जाका निवर्तमान कार्यबाहक सभापति बुद्धिबहादुर राना कुमारले पुतलीबजारको आयोजनामा भएको यो शिविरबाट आँखाको उपचारका लागि अस्पताल जान नसकेका बिरामीहरुको लागि सहयोग पुगेको बताउनुभयो ।

पुतलीबजारको गणेशपुर स्वास्थ्य चौकी र फूलबारी माध्यमिक विद्यालय रामकोशमा भएको शिविरमा करिव ३०० जनाको आँखा परीक्षण गरिएको स्वास्थ्य अधिकृत भवानी शङ्कर पोख्रेलले बताउनुभयो ।

ADVERTISEMENT

कार्यक्रममा फुलबारी माविमा १५० जनाको आँखा परीक्षण भएको थियो जसमा १ जनामा मोतियाविन्दुको समस्या देखिएको थियो । उक्त केन्द्रमा ३५ वटा निशुल्क चस्मा वितरण गरिएको थियो । गणेशपुर स्वास्थ्य चौकीमा १४५ जनाको परीक्षण भएकोमा ७ जना मोतियाविन्दुका बिरामी भेटिएका थिए । त्यस केन्द्रबाट २४ जना आँखाका रोगीलाई चस्मा वितरण गरिएको थियो ।

पुतलीबजार नगरपालिकाको समन्वयमा जिल्ला अस्पताल स्याङ्जामा फागुनको ४ बाट ७ सम्म शिविरमा परीक्षणका क्रममा मोतियाविन्दु देखिएकाहरुको निशुल्क अपरेशन गरिने नगरपालिकाकी अधिकृत अनिशा सुबेदीले बताउनुभएको छ ।
वडा नं ४ का वडाध्यक्ष श्री शिवबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त शिविर उद्घाटन कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक नविन मरासिनीले गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?