काठमाडौं । रवि लामिछाने नयाँ नागरिकता लिने प्रक्रियाका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालय पुग्नुभएको छ । उहाँ आउनु अगाडिदेखि नै जिप्रका परिसरमा भिड बढेको छ ।
अहिले जिप्रका परिसरमा रविका कार्यकर्ता र सञ्चारकर्मीको बाक्लो उपस्थिति छ । प्रहरी सुरक्षा बढाइएको छ ।
सर्वोच्च अदालतले शुक्रवार फैसला सुनाएपछि रवि नागरिकता विहीन हुनुभएको छ । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्चले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो ।
यससँगै उहाँले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाउनु भएको छ ।
त्यसैले रवि अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुग्नुभएको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements