पूर्वमन्त्री बस्नेतले लिए आत्मदाह गरेका आचार्यका छोरीहरूलाई पढाउने जिम्मा

रासस
रासस
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले स्व. प्रेमप्रसाद आचार्यको छोराछोरीलाई पढाइदिने घोषणा गर्नुभएको छ ।

कांग्रेसको तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बस्नेतले स्व. आचार्यका परिवारलाई सिनामंगलमा भेटेर सान्त्वना दिँदै छोराछोरीको पठनपाठनको जिम्मा आफूले लिने बताउनुभएको हो ।

भेटमा पूर्वमन्त्री बस्नेतले स्व. आचार्यकी श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने र छोराछोरीलाई पठनपाठनको जिम्मा आफूले लिएको बताउनुभयो ।

ADVERTISEMENT

‘स्व. आचार्यको परिवारलाई सरकारका गृहमन्त्रीले भेटे पनि स्व.आचार्यका परिवारले राखेका माग पूरा गर्न सरकारले कुनै ध्यान नदिएपछि मैले रोजगारी र पठनपाठन गरिदिने निर्णय गरेको हुँ,’ पूर्वमन्त्री बस्नेतले भन्नुभयो ।

आचार्यका छोराछोरीलाई उच्च शिक्षासम्मको अध्ययनको व्यवस्था गराउनका लागि कांग्रेस सिन्धुपाल्चोकका नेता एवं अरनिको यातायात सेवा समितिको अध्यक्ष केदार क्षेत्रीले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गत माघ १० मा आचार्यले संसद् भवन नयाँ बानेश्वर अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गनुृभएको थियो । उहाँको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा बुधबार विहान मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *