नेपालका सरकारी वेबसाइटमा ‘हृयाकर’को प्रवेश

सर्भर डाउन हुँदा हवाईसेवा दुई घण्टा अवरुद्ध

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

चिन्तन क्षेत्री/हिटा
काठमाडौं । शनिबार नेपाल सरकारका सबै वेबसाइटहरू एकैपटक डाउन भए । सार्वजनिक बिदा भएकाले सरकारी सेवा प्रवाहमा धेरै ठूलो समस्या नदेखिए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने दुई घण्टा हवाई सेवा अवरुद्ध नै हुन पुग्यो । नेपाल सरकार मातहतमा रहेको ‘जिओभी डट एनपी’ अन्तर्गतका वेबसाइटहरू एकैपटक डाउन भएका थिए ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रले विदेशबाट एकैपटक धेरै ट्राफिक आउँदा समस्या देखिएको बताएको छ । प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलले भन्नुभयो, ‘नेपालबाहिरबाट एकैपटक धेरै ट्राफिक आउँदा सबै सरकारी कार्यालयका वेबसाइटमा समस्या आएको हो ।’ प्रविधि केन्द्रले यसलाई बढी ट्राफिकका कारण आएको समस्या भएको बताए पनि एकैपटक सबै सरकारी वेबसाइट बन्द हुनु अस्वाभाविक भएको विज्ञहरूको भनाइ छ । विज्ञहरू यसलाई साइबर अट्याकको संज्ञा दिन्छन् । एक विज्ञले यो ‘डिडिओएस अट्याक’ हुनसक्छ भन्नुभयो । सरकारी वेबसाइट हृयाक भने नभएको केन्द्रका प्रवक्ता पोखरेलले बताउनुभएको छ । यद्यपि, शनिबार केही घण्टा कुनै पनि सरकारी वेबसाइट खुलेका थिएनन् ।

दुई घण्टापछि हवाई उडान सुरु, यात्रुहरूको प्रदर्शन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा अवरुद्ध बनेको थियो । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले ‘म्यानुअल्ली’ रूपमा दुई घण्टापछि अन्तर्राष्ट्रिय उडान सुचारु भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुई घण्टापछि म्यानुअल्ली रूपमा उडान सामान्य रूपमा भइरहेको छ । सबै सरकारी सर्भर डाउन भएकाले समस्या आएको अध्यागमन कार्यालयले जानकारी दिएको छ ।’

ADVERTISEMENT

उडान अवरुद्ध हुँदा यात्रुहरूको व्यवस्थापनमा केही समस्या भएको थियो । पाँचवटा उडान अवरुद्ध हुँदा विमानस्थलमा यात्रुको भिड बढेको थियो । महाप्रबन्धक ठाकुरले विगतमा पनि यस किसिमको समस्या उत्पन्न हुने गरेको भन्दै विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी बनाउन आइतबार अध्यागमनसँग बैठक बसेर आवश्यक निर्णय लिइने बताउनुभयो । उहाँले सबै सरकारी सर्भर डाउन भएकाले आजको समस्या आएको जिकिर गर्नुभयो ।

१७ दिनअघि अमेरिकामा पनि घटेको थियो यस्तै घटना
१७ दिनअघि अमेरिकामा पनि यस्तो घटना घटेको थियो । जनवरी ११ मा दुर्घटनाबाट जोगाउन अमेरिकी फेडरल एभिएसन सिष्टम (एफएए) ले सयौँ प्लेनलाई ग्राउण्डेड नै गर्नुपरेको थियो । अमेरिकाले आधिकारिक रूपमा साइबर हमला भएको स्वीकार नगरे पनि गुप्तचरहरूले हवाई क्षेत्रको प्रविधिमाथि साइबर हमला गरेर कम्प्युटर फाइलहरू नष्ट गरिएको बताएको थियो । अमेरिकी मिडियाले यसमा रुसी हृयाकरहरू संलग्न रहेको आरोप लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *