जेरुसेलममा गोली चल्दा सात जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । इजरायलको पूर्वी जेरुसेलममा बन्दुकधारीको आक्रमणमा कम्तिमा सात जनाको मृत्यु भएको छ ।

वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा आक्रमण भएको एक दिनपछि भएको गोली हानाहानमा सो घटना भएको हो ।

वेस्ट बैंकमा इजरायली सेनाको आक्रमणपछि हिंसा बढ्दै गएपछि एक बन्दुकधारीले इजरायली बस्तीमा गोली चलाउँदा सात जनाको मृत्यु भएको बताइएको छ ।

ADVERTISEMENT

आक्रमणमा घाइते भएका १० जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

अधिकारीहरुले ७० वर्षका वृद्ध र १४ वर्षका बालकसहित १४ जनामाथि बन्दुकधारीले गोली चलाएको बताएका छन् । घटनाको कसैले जिम्मा लिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?