राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवहाक सभापतिमा डोलप्रसाद अर्याल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवहाक सभापतिको जिम्मेवारी श्रममन्त्री डोलप्रसाद अर्यालले पाउनुभएको छ ।

सर्वोच्च अदालतको आदेशबाट रवि लामिछाने पदमुक्त भएपछि शुक्रबार राति बसेको रास्वपाको आकस्मिक बैठकले अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको हो।

अर्याललाई संसदीय दलको नेताको पनि जिम्मेवारी दिइएको छ। अर्याल रास्वपाबाट समानुपातिक सांसद हुनुहुन्छ ।

ADVERTISEMENT

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेलाई नेपाली नागरिकता प्रकणमा दोषी ठहर गर्दै सांसद, मन्त्री र रास्वपाको सभापतिबाट खारेज गरेको थियो।

रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले पार्टीले सुझबुझका साथ कानुनी परामर्शलाई आधार मानेर विकसित राजनीतिक घटनाक्रमका सम्बन्धमा उचित निर्णय लिने बताउनुभएको छ ।

बैठकमा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य सहभागी थिए भने विराटनगरमा रहेका महामन्त्री ढकाल भर्चुअल सहभागी हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?