धनगढीमा कन्स्ट्रक्सन सोलुसन्सको शाखा

Read Time = 1 min

काठमाडौं । हुण्डाई कन्स्ट्रक्सन इक्विपमेन्टले धनगढीमा शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा धनगढी १३, मोहनपुरको गेटामा खुलेको हो । शाखाबाट कम्पनीको ‘थ्री एस’ सेवाअन्तर्गत सेल्स, सर्भिस र स्पेयर पार्टपुर्जासम्बन्धी सम्पूर्ण सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

शाखा विस्तारसँगै हुण्डाई एक्स्काभेटर, चट्टान तथा अन्य हेभी पदार्थ फुटाउन ‘जिसुङ र रामर’ ब्राण्डका हाइड्रोलिक रक ब्रेकरलगायत सोही शाखाबाट सहजरूपमा खरिद गर्न सकिनेछ भने मर्मत तथा पार्टपुर्जा पनि प्राप्त गर्न सकिनेछ । हुण्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट नेपालको हेभी निर्माण उपकरण बजारमा महत्वपूर्ण हिस्सा ओगटेको कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?