इन्फोडेभलपर्स र मर्कन्टाइलबीच सहकार्य

Read Time = 1 min

काठमाडौं । सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स र मर्कन्टाइल अफिस सिस्टम्सबीच रणनीतिक सहकार्य भएको छ । बैंक तथा वित्तीय संस्थालाई गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्न रणनीतिक सहकार्य गरिएको बताइएको छ ।

सहकार्यसँगै मर्कन्टाइलको पुमोरी (पुमोरी शाखा) सफ्टवेयर इन्फोडेभलपर्ससँग मर्ज भएको छ । मर्जपछि इन्फोडेभलपर्स एमओएस प्रालि नामक नयाँ कम्पनीबाट पुमोरी सफ्टवेयरको व्यवस्थापन तथा सेवा प्रदान हुनेछ ।

ADVERTISEMENT

डिजिटल क्षेत्रलाई सुहाउँदो नयाँ र भरपर्दो प्रणालीको विकास गर्ने लक्ष्य कम्पनीले लिएको छ । इन्फोडेभलपर्स एमओएस प्रालिको अध्यक्षमा सञ्जीव राजभण्डारी, प्रमुख कार्यकारी अधिकृतमा उमेश रघुवंशी र सहप्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र बज्राचार्य नियुक्त हुनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज