‘पठान’ को धमाकेदार सुरुवात

Read Time = 2 mins

मुम्बई । बलिउड स्टार शाहरूख खानको चलचित्र ‘पठान’ले धमाकेदार सुरुवात गरेको छ । बलिउडमा ‘किङ खान’ भनिने शाहरूख खान चार वर्षपछि यो चलचित्रमार्फत् ठूलो पर्दामा फर्किनुभएको हो । यो चलचित्र सिनेमाघरमा आउनुअघि नै निकै चर्चामा थियो ।

पठानमा दीपिका पादुकोण र जोन अब्राहम जस्ता स्टार पनि मुख्य भूमिकामा हुनुहुन्छ । चलचित्र पठान पात्रको कथामा आधारित छ, जसको भूमिकामा शाहरूख खान हुनुहुन्छ । चलचित्रमा पठान एक गोप्य मिसनमा हुनुहुन्छ जसको काम एक चरमपन्थी समूहलाई भारतमा आक्रमण गर्नबाट रोक्नु हो ।

ADVERTISEMENT

फिल्म पठानले दुई दिनमै सय करोडको आँकडा पार गरेको छ । भारतमा पहिलो दिन ५७ करोडको बम्पर ओपनिङ गरेपछि दोस्रो दिन पनि पठानको राम्रो कमाइ भएको थियो । ट्रेड एनालिस्ट रमेश बालाका अनुसार पठानको हिन्दी संस्करणले दोस्रो दिन ७० करोड कलेक्सन गरेको थियो । पठानको कमाइको आँकडा दुई दिनमा १२७ करोड पुगेको हो ।

दोस्रो दिनको कमाइमा पठानले केजिएफ-२ लाई पनि पछि पारेको छ । केजिएफ-२ को हिन्दी संस्करणले दोस्रो दिन ४७ करोड कमाएको थियो । पठानले विश्वव्यापी बक्स अफिसमा २३५ करोड कमाएको रमेश बालाले ट्विट गर्नुभएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?