आईकाओको मापदण्डको पूर्ण पालना नहुँदा हवाई दुर्घटना बढेको विज्ञहरुको निष्कर्ष

Read Time = 5 mins

काठमाडौं । विज्ञहरुले अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आईकाओ)ले निर्दिष्ट गरेका मादपण्डहरुको पूर्ण पालना हुन नसक्दा नेपालमा हवाई दुर्घटनामा वृद्धि हुन गएको औंल्याएका छन ।

नेपाल नागरिक उडडयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम, तत्कालिन हवाई विभागका महानिर्देक वीरेन्द्रबहादुर देउजा, नेपाल एयरलाईन्सका पूर्व इन्जिनियर डाईरेक्टर अच्युतराज पहाडीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै त्यसको तत्काल परिपूर्ति गर्नुपर्नेमा पनि जोड दिनु भयो ।

संघीय संसद राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकमा बोल्दै नेपाल एयर लाईन्सका पूर्वइन्जिनियर डाईरेक्टर पहाडीले आईकाओले निर्दिष्ट गरेका मापदण्डहरुको पूर्ण पालना गर्न सके नेपालको हवाई सेवा सुरक्षित हुने र दूर्घटना आफैं न्यूनिकरण हुँदै जाने बताउनु भयो । उहाँले दक्ष जनशक्तिको व्यवस्थापनमा पनि नेपाल हवाई सेवा प्रदायक संस्थाहरुले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।

पहाडीले भन्नु भयो, ‘जुन र्आइकाओले गरेको गार्ईडलाईन्सहरु छ । युरोपियन युनियनले निर्दिष्ट गरेका गाईडलाईन्सहरु छ । त्यसको हामीले अक्षरश पालना गरियो कि गरिएन त ? सम्बन्धित निकायले दिएको निर्देशन अनुसार भयो कि भएन ? त्यो इम्पोटेन्ट हो । त्यसको अनुगमन कडाईका साथ हुनुपर्दछ । दक्ष म्यानपावरहरु हायर गरेर काम गर्नु प¥यो । यसो गर्न सकियो भने भविष्यमा नेपालको हवाई उडानमा हुने दूर्घटना कम हुँदै जान्छ । दक्ष जनशक्तिको व्यवस्था गर्नु प¥यो । बाहिरबाट भएपनि दक्ष जनशक्ति नझिकाई मुलुकको हवाई सेवा सुरक्षित हुन सक्दैन ।’

ADVERTISEMENT

नेपाल नागरिक उडड्यन प्राधिकरणका पूर्वमहानिर्देशक गौतमले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन नियमनकारी निकायहरुको दक्षता अभिवृद्धिमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले हवाई सेवा सुरक्षाका लागि संरचनागत सुधारका कामहरुमा पनि ध्यान दिन सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । पूर्व महानिर्देशक गौतमले भन्नु भयो, ‘सकेसम्म हामीले के इन्स्योर गर्न आवश्यक छ भने नेपाली आकाश सुरक्षित छ भन्ने कुरा इन्स्योर गर्नका लागि कम्तिमा पनि स्ट्रक्चरल सुधारका कुराहरुमा तुरुन्तै ध्यान दिनु पर्दछ । जसले गर्दा नियमन अधिकारी अथवा मोर स्ट्रेन्थेन होस् मोर क्यापएबल होस् । जहाँबाट सेफ्टी इन्ह्यान्स गर्न सकियो ।’

नेपालको हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन सेवा प्रदायक संस्थाहरुलाई व्यवसायिक ढंगले अघि बढाउनुपर्ने आवश्यक्ता रहेको तत्कालीन हवाई विभागका पूर्व महानिर्देशक वीरेन्द्रबहादुर देउजाले औंल्याउनु भयो । उहाँले हवाई दुर्घटनाका रिर्पोटहरुले दिएको सुझावको आधारमा अघि बढदा पनि नेपालमा हवाई दूर्घटनालाई न्यूनिकरण गर्दै लैजान सकिने स्पष्ट पार्नु भयो । देउजाले भन्नु भयो, ‘हवाई दुर्घटनाका रिर्पोटहरुले दिएको सुझावहरुलाई ध्यान दिएर लागु गर्नु पर्दछ । यी संस्थाहरुलाई व्यवसायिक ढंगले संचालन गर्नु पर्दछ । यहाँ राजनीतिक तथा प्रशासनिक हस्तक्षेप भन्दा पनि यसलाई व्यवसायिक ढंगले अघि बढाउन सक्नु पर्दछ । यसो भयो भने नेपालको हवाई उडान सुरक्षित छ । र, हुन्छ पनि ।’

पूर्व महानिर्देशक देउजाले नेपालको हवाई सेवा सुरक्षित रहेको र यसलाई अझै भरपर्दो बनाउने काममा सम्बन्धित निकायहरु बढि जिम्मेवार हुनुपर्ने पनि बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज