इस्मा गाउँपालिकाद्वारा तीन ऐन पारित

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी। गुल्मीको इस्मा गाउँपालिकाको हिउँदे गाउँसभाले आवश्यक कानुन निर्माण गर्दै पारित समेत गरी सम्पन्न भएको छ ।

पुस ११ गतेबाट सुरु भएको इस्मा गाउँपालिकाको गाउँसभाको १३ औं अधिवेशन तथा चौथो बैठक गाउँपालिकाका लागि आवश्यक ऐन, कानून र नियम सर्वसम्मत निणर्य गरी पारित गर्दै सम्पन्न भएको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताउनुभयो । गाउँपालिकाका लागि आवश्यक ३ वटा ऐन, कानुन पारित गर्दै गाउँसभा सम्पन्न भएको अध्यक्ष खड्काले बताउनुभयो ।

सभाद्वारा पारित भएका ऐन, नीति, नियममा शिक्षा ऐन २०७९, खानेपानी तथा सरसफाई विकास बोर्ड गठन तथा परिचालन ऐन २०७८ लाई पहिलो पटक संशोधन गरि खानेपानी तथा सरसफाई विकास बोर्ड गठन तथा परिचालन ऐन २०७९, न्यायिक समितिको कार्य विधि सम्बन्धी ऐन २०७९ पारित गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले जानकारी दिनुभयो । सभामा सामाजिक विकास समितिका संयोजक ढालबहादुर कुँवरले शिक्षा विधेक, खानेपानी तथा सरसफाइ बोर्ड गठन तथा परिचालन सम्बन्धि ऐन २०७८ लाई पहिलोपटक संशोधन गर्न बनेको विधेयक गाउँसभामा पेश गर्नुभएको थियो ।

ADVERTISEMENT

गाउँसभामा पेश गरिएको विधेकमाथि गाउँसभाका सदस्यहरुले सैद्धान्तिक छलफल गरि दफावार छलफलका लागि विधायन समितिमा पठाउनुभएको थियो ।विधायन समितिले दफाबार छलफल गरि विधायन समितिका संयोजक झविन्द्र अर्यालले सभामा स्वीकृतीका पेश गर्नुभएको विधेक सर्वसहमतिले पारित गरिएको उपाध्यक्ष कुँवरले जानकारी दिनुभयो ।

न्यायिक समितिको उजुरी कार्वाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधि ऐन २०७५ लाई पहिलोपटक संशोधन गर्न बनेको विधेयक न्यायिक समिति संयोजक पार्वती कुँवरले सभामा पेश गर्नुभएको थियो । विधायन समितिले दफाबार छलफल गरि विधायन समितिका संयोजक अर्यालले स्वीकृतीका सभामा पेश गर्नुभएको विधेक सर्वहमतिले पारित गरिएको कुँवरले जानकारी दिनुभयो । ऐन निर्माण भएसँगै इस्मा गाउँपालिकाले लिएको निःशुल्क शिक्षा कार्यान्वयन गर्न, गाउँपालिकाकामा खानेपानीको समस्या समाधान गर्न र न्यायिक उजुरी कार्वाही र किनारा लागाउन सहयोग पुग्ने उपाध्यक्ष कुँवरले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?