जासुसीको आरोपमा चिनियाँ इन्जिनियरलाई अमेरिकामा ८ वर्ष जेल सजाय

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

वासिङटन। अमेरिकामा जासुसी गरेवापत एकजना चिनियाँ इन्जिनियरलाई त्यहाँको अदालतले आठ वर्ष लामो काराबास सजाय सुनाएको छ ।

सन् २०१३ मा विद्यार्थी भिसामा अमेरिका पुगेका र पछि सेनामा भर्ती भएका जी चाओचुनमाथि जियाङ्सु प्रान्तको सुरक्षा निकायलाई अमेरिकामा रहेका आठ व्यक्तिलाई काम दिन सकिने सूचना पठाएको आरोपमा छानबिनपछि सजाय सुनाइएको हो ।

ADVERTISEMENT

ती आठै जनाले चीन वा ताइवानबाट अमेरिका गएर पछि अमेरिकाको अंगीकृत नागरिकता लिएका थिए ।

जीले चीनको एउटा गुप्तचर निकायको निर्देशनमा काम गरेको अमेरिकी अधिकारीहरूको दाबी छ । उनी सन् २०१८ को सेप्टेम्बरमा पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज