खाद्यका आठौं तहका इन्जिनियर ढुंगेल घुससहित पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलका इन्जिनियर घुससहित पक्राउ परेका छन् । झापा दमक नगरपालिका-१ भाडबारी घर भई हाल भक्तपुर सूर्य विनायक नगरपालिका-२ बालकोट बस्ने ४६ बर्षीय योगन्द्र ढुंगेल एक लाख ५० हजार घुस रकमसहित पक्राउ परेका हुन् । उनी आठौ तहका कर्मचारी हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार साँझ घर फर्कने क्रममा कार्यालयबाटै उनलाई पक्राउ गरेको हो । गुणस्तर परीक्षण गरिसकेपछि अनुमति दिनका लागि घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पानीको व्यापार गर्ने एक कम्पनीले ढुंगेलबिरुद्ध अख्तियारमा उजुरी गरेका थिए । सोही आधारमा अख्तियारले ढुंगेलको गतिबिधिमाथि अनुसन्धान गरिरहेको थियो । सोही क्रममा बिहीबार ढुंगेल रंगेहात पक्राउ परेका हुन् । खानेपानी जार तथा मिनरल वाटर भरेर बिक्रि वितरण गर्नका लागि विभागबाट अनुज्ञा पत्र लिनुपर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम अनुज्ञा पत्र लिनका लागि सम्पूर्ण प्रक्रिया पूरा गरि उक्त कम्पनीका संचालक खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा जाँदा ढुंगेलले समयमा काम नगरी दुःख हैरानी दिई डेढ लाख घुस माग गरेको भन्ने अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पक्राउ परेका ढुंगेलमाथि थप अनुसन्धान भईरहेको अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले हिमालय टाइम्सलाई जानकारी दिनुभयो ।

ADVERTISEMENT

सोमबार मात्र विभागले एक लाख ५० हजार घुससहित त्रिभुवन विमानस्थलस्थित आन्तरिक टर्मिलन व्यवस्थापन प्रमुख पूर्णप्रसाद चुँडाललाई पक्राउ गरेको थियो । पक्राउ पछि छानविनको क्रममा उनको कार्यकक्षबाट थप आठ लाख रुपैयाँ र नौ बोतल मदिरा बरामद भएको थियो । जसको छानबिन अझै अख्तियारले गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *