समाचार नियमनका लागि प्रशारण हुनसाथ स्वतः काउन्सिलको सफ्टवेयरमा आउने व्यवस्था हुनुपर्छ : थपलिया

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताउनु भएको छ ।

सामाजिक सञ्जाल पनि आम सञ्चार माध्यामको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर्दै उहाँले त्यसलाई सरकारले आफ्नो दायरामा ल्याएर नियमन तथा व्यवस्थापन गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भएको हो । बिहीबार काठमाडौंमा आयोजित ‘आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठी’ मा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सामाजिक सञ्जाललाई प्रेस काउन्सिल नेपालले आफ्नो दायरामा ल्याएर अनुगमन गर्न सक्छ कि सक्दैन ? भनि प्रश्न समेत गर्नु भयो ।

उहाँले सबै सञ्चार माध्यामहरुमा प्रकाशित तथा प्रशारित हुने सामग्रीहरु स्वतहः आउने गरी सफ्टवेयरको विकास गर्न पनि नेपाल प्रेस काउन्सिलसँग आग्र्रह गर्नु भयो । त्यसो भयो भने अनुगमनको काम गर्न प्रेस काउन्सिल नेपाललाई सहज हुने उहाँको भनाई थियो ।

ADVERTISEMENT

प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नु भयो, ‘मलाई प्रेस काउन्सिल नेपालप्रति चाँही एउटा अनुरोध के छ भने अहिले हामीले जुन प्रतिवेदन ग¥यौं । प्रतिवेदनमा नाईटी प्रतिशत कुरा यिनै होलान । हामीले यस्तो सफ्टवेयर डेभलप्ट गर्नु पर्छ अनाधिकृत रुपमा प्रकाशित, प्रसारित हुने विषय त हामी के गर्न सकौला र । आधिकारिक रुपमा प्रशारण हुने विषय प्रशारण हुनसाथ स्वतहः प्रेस काउन्सिल नेपालको त्यो सफटवेयरमा स्वतहः आउने व्यवस्था हुनु प¥यो । यो प्रणाली उहाँहरुले डेभलप्ड गरिसक्नु भएको छ भने त्यो हेर्नका निमित्त एउटा डेडिकेटेट टिम बनाईदिने वित्तिकै रेडियोले के भने, अनलाईनमा कहाँ आयो, छापा माध्याममा के आयो ? सामाजिक सञ्जालले के बोल्यो ? भन्ने आउँछ । आम सञ्चारको कुरा गर्दैछौं । सामाजिक सञ्जाल पनि आम सञ्चार माध्यामकै क्षेत्र हो मैले भन्यो भने आम सञ्चारको परिभाषा नबुझेको स्वाँठ भनेर तपाईहरुले मलाई भनिहाल्नु हुन्छ । वडा अप्ठ्याराे छ । तर मेरो परिभाषा मलाई कसैले गर्न दिन्छ भने यदि कुनै पनि सूचना सम्प्रेषण गरेर कसैलाई सुसूचित गरउने माध्याम समाचार माध्यम हुने भने अहिले सामाजिक सञ्जाल पनि समाचार माध्यामको रुपमा स्थापित हुन खोज्दैछन् । यीनलाई कहाँ, कसले हेर्ने हो ? सबै यही प्रेस काउन्सिलले हेर्न सक्छ कि सक्दैन ? त्यो अर्को पाटो हो । तर यसलाई पनि अव समग्रमा मैले चुनावको कुरा मात्रै गरिराखेको छैन । एउटा दायरामा ल्याएर यसको व्यवस्थापन र नियमनको पनि कुरा गर्नु पर्छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले सो सफ्टवेयरलाई हेर्नका लागि प्रेस काउन्सिल नेपालले छुट्टै टिम बनाउँदा उपयुक्त हुने सुझाव समेत दिनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *