काठमाडौं । साबिक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीचको मर्जर प्रक्रियाका क्रममा असार १३ गतेदेखि रोक्का रहेको सेयर कारोबार बुधबारदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट सेयर कारोबार सुचारु भएको छ । नेपाल स्टक एक्सचेन्जले ओपनिङ प्राइस ३७१.५९ रुपैयाँ तोकेको छ ।
साबिक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सेयर संरचना संस्थापक समूहअन्तर्गत ७० प्रतिशत तथा सर्वसाधारण समूहअन्तर्गत ३० प्रतिशत रहेकोमा कम्पनीको साधारण सभाबाट निर्णय भई नेपाल धितोपत्र बोर्डको स्विकृतिअनुसार धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१) बमोजिम कम्पनीको पुँजी संरचना संस्थापक समूहअन्तर्गत ५१ प्रतिशत तथा सर्वसाधारण समूहअन्तर्गत ४९ प्रतिशत रहने गरी अभिलेख भएको छ ।






