सूर्य नेपालद्वारा अस्पताललाई एम्बुलेन्स

Read Time = 2 mins

काठमाडौं । सूर्य नेपाल प्रालिले सशस्त्र प्रहरी बल नेपाल विपद्, व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनमा रहेको पृथ्वी हाइवे ट्रमा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । हाल सो अस्पतालमा एम्बुलेन्स अभाव भएकाले तुरुन्तै घाइते बिरामीलाई उद्धारमा समस्या रहेकाले कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत सूर्य नेपाल आशामार्फत् एम्बुलेन्स उपलब्ध गराएको हो ।

प्राप्त एम्बुलेन्स हाइवेका वरिपरि हुने दुर्घटनामा परेका बिरामीको उद्धारमा प्रयोग हुनेछ । सोमबार एक कार्यक्रमबीच सशस्त्र प्रहरी बल नेपाल विपद्, व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका प्रमुख एसएसपी अञ्जनीकुमार पोखरेललाई कम्पनीका भाइस प्रेसिडेन्ट कर्पोरेट अफिसर्स रवि केसीले एम्बुलेन्सको चाबी हस्तान्तरण गर्नुभएको थियो ।

ADVERTISEMENT

सो अवसरमा कम्पनीका प्रबन्ध निर्देशक रवि के रायवरम, भाइस प्रेसिडेन्ट फाइनान्स विकास भुत्रा, भाइस प्रेसिडेन्ट मार्केटिङ दिप्रा लेहरीलगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज