‘ग्रिल व्यवसायीको पीडा सरकारले सुनेन’

Read Time = 3 mins

काटमाडौं । ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले ग्रिल तथा स्टिल व्यवसायीले रोजगारी सिर्जनाका साथै आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका खेल्दै आएको भए पनि राज्यबाट भने कुनै साथ, सहयोग पाउन नसकेको बताउनुभएको छ । मंगलबार ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौं कमलपोखरी इकाईको नवौँ साधारण सभा तथा तेस्रो अधिवेशन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष कटुवालले भन्नुभयो, ‘ग्रिल तथा स्टिल व्यवसायमा दक्ष जनशक्ति अभाव छ । युवाहरूमा काम सिकेर विदेशिने प्रवृत्ति छ भने अर्कोतर्फ सरकारको विभेदपूर्ण नीतिका कारण अनेकौं समस्या भोग्नुपरेको छ । झन्झटिलो नीतिगत व्यवस्थाका कारण अधिकांश ग्रिल तथा स्टिल व्यवसाय कानुनी दायरामा आउन नसकेको अवस्था छ ।’ सामान जडानदेखि ढुवानीका क्रममा प्रहरी प्रशासनदेखि अन्य पक्षबाट हुने समस्याले व्यवसाय नै बन्द हुने अवस्थामा पुगेको भन्दै उहाँले ट्राफिक प्रहरीबाट सामान ढुवानीमा समेत अवरोध हुने गरेको बताउनुभयो । तथापि ग्रिल तथा स्टिल व्यवसायी महासंघले विभिन्न सरोकारवाला निकायसँगको सहकार्यमा व्यवसायमा आवश्यक पर्ने जनशक्तिदेखि प्रशासनिक समस्यासमेत समाधानको पहल गर्दै आएको उहाँले बताउनुभयो ।

ग्रिल तथा स्टिल व्यवसायी संघ ललितपुरका महासचिव शिव सुनारले देशमा घरेलु तथा साना उद्योगका लागि लगानीमैत्री वातावरण नभएको गुनासो गर्दै तीन तहको सरकारका कारण साना उद्योगी झन् मारमा परेको बताउनुभयो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी सन्तोष रोक्काले आफूहरू सडक र सवारीसाधन नियन्त्रणभन्दा पनि दुर्घटनाबाट जोगाउने कार्यमा लागिरहेको बताउनुभयो ।

ADVERTISEMENT

कार्यालय समयभन्दा अन्य समयमा संकेत चिहृन राखेर ढुुवानी गर्न नरोकिएको उहाँको भनाइ छ । डिएसपी रोक्काले भन्नुभयो, ‘हामीसँग सीमित र अव्यवस्थित सडक छ तर सवारीसाधनको संख्या धेरै छ । त्यसैले सबै सवारीसाधन एकैपटक सञ्चालन गर्न सकिने अवस्था छैन, व्यवस्थापन मिलाउनुपर्ने हुन्छ । त्यही भएर पिक आवरमा ढुवानीका साधनलाई रोक लगाइएको हो, विभेद गरिएको होइन ।’ सो अवसरमा विभिन्न व्यवसायीलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज