काठमाडौं । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । महेन्द्रनारायण निधि मेमोरियल अस्पतालको सभाकक्षमा प्रतिष्ठानको २२औंँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित अनुमोदन गर्नुका साथै आगामी वर्षका लागि विभिन्न कार्ययोजनासमेत पारित गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष प्रा. पुरुषोत्तम दाहालको सभापतित्वमा सम्पन्न साधारण सभामा संस्थापक अध्यक्ष भानुभक्त ढकाल, उपाध्यक्ष शालीग्राम मिश्र, बालकृष्ण राई, महेश आचार्य, कृष्ण थापा मगर, केशव लम्साल, कृष्ण वस्ती, पुनम खड्का, विनोद अधिकारी, कृष्ण अधिकारी, शान्ता दाहाल, मानवेन्द्र निधिले प्रतिष्ठानलाई थप सशक्त गराउनुपर्नेमा जोड दिनुभएको थियो ।
सचिव कमल ढकालले वार्षिक प्रतिवेदन र पवित्रा पोख्रेलले आर्थिक प्रतिवेदनसहित कार्यक्रमबारे जानकारी दिनुभएको थियो । सभाले प्रतिष्ठानको कार्यसमितिमा केही जिम्मेवारी हेरफेर गर्ने र सल्लाहकारसहित आवश्यकताअनुरूप आमन्त्रित सदस्यहरू मनोनयन गर्ने निर्णय गरेको जनाइएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts