आजदेखि सूर्य नेपाल एनपिजिए म्याच प्ले

Read Time = 2 mins

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ । पछिल्लो पूरा सिजन २०२१-२२ को वरीयताअनुसार शीर्ष १६ गल्फरले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् भने शीर्ष १६ मा रहेका चार गल्फर अनुपस्थित रहेकाले यसपटक २०औँ वरीयतासम्म रहेका गल्फरले प्रतिस्पर्धा गर्दैछन् ।

मंगलबार पहिलो चरणको खेल तथा बुधबार क्वाटरफाइनल र सेमिफाइनल तथा बिहीबार अन्तिम दिन फाइनल हुने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । फाइनल ३६ होल तथा अन्य चरणमा १८ होलमा हुने बताइएको छ । प्रतियोगिताको पहिलो चरणमा शीर्ष वरीयताका शुक्रबहादुर राईले २० औँ वरीयताका टंकबहादुर कार्कीसँग खेल्नुहुनेछ भने दोस्रो वरीयताका भुवन नगरकोटीले १९औँ वरीयताका सन्जोक मोक्तानसँग खेल्नुहुनेछ ।

ADVERTISEMENT

त्यस्तै, पहिलो चरणमा जयराम श्रेष्ठले कृष्णमान राजवाहक, रवि खड्काले प्रदीपकुमार लामा, सञ्जय लामाले रमेश अधिकारी, दिनेश प्रजापतीले सूर्यप्रसाद शर्मा, धनबहादुर थापाले बलभद्र राई तथा रामे मगरले भुवनकुमार रोक्काको सामना गर्ने बताइएको छ । विजेताले ६० हजार रुपैयाँँ प्राप्त गर्नेछन् भने उपविजेताले ४२ हजार, तेस्रोले ३२ हजार तथा चौथोले २४ हजार प्राप्त गर्नेछन् । क्वाटरफाइनलबाट बाहिरिनेले ११ हजार र पहिलो चरणमै निस्कने गल्फरले छ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?