एससिटी र माछापुच्छ्रे बैंकबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड(एससिटी) तथा माछापुच्छ्रे बैंकबीच एससिटी युपिआई(एससिटी-युपिआइ) डेबिट कार्ड सेवा सञ्चालनका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू र माछापुच्छ्रे बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुवेदीले हस्ताक्षर गर्नुभएको छ ।

ADVERTISEMENT

विगत २० वर्षदेखि डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको स्मार्ट च्वाइस टेक्नोलोजिज र स्थापनाकालदेखि नै ग्राहकको रोजाइ बनेको माछापुच्छे« बैंकबीचको सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने कम्पनीको अपेक्षा छ । सम्झौतापछि माछापुच्छे« बैंकका ग्राहक महानुभावले एससिटी युपिआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज