आन्तरिक पर्यटक नै मुलुकमा आर्थिक चलायमानको प्रमुख माध्यम

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । आन्तरिक पर्यटक नै मुलुकको आर्थिक चलायमानका प्रमुख माध्यम भएकाले आन्तिरिक पर्यटकहरुलाई आकर्षण गर्ने कार्यक्रम संचालन गर्न जरुरी रहेको एक कार्यक्रममा सहभागिहरुले जोड दिएका छन् ।

होटल तथा रेष्टुरेण्ट व्यवसायीसंघ रुपन्देहीले सोमवार बुटवलमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा पर्यटनको विकास नै आर्थिक सम्वृद्धिको आधार भएको औल्याएका थिए ।

कार्यक्रममा संघले अगे्रजी नयाँ वर्षको अवसरमा आयोजना गरेको चौथो सडक खाना महोत्सव आन्तरिक पर्यटकका लागि निकै फलदायी भएको वक्ताहरुको ठहर रहेको छ ।

उनीहरुले चौथो खानामहोत्सवले बुटवलमा रातीकालिन वजार जरुरी रहेको पुटिभएको बताएका थिए । कार्यक्रममा संघका अध्यक्ष राम प्रसाद गौतमले चौंथो खाना महोत्सव सफल बनाउन हरेक क्षेत्रबाट भएको सहयोगका लागि धन्यवाद दिनु भयो ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष प्रदीपकुमार श्रेष्ठले बुटवलमा रात्रिकालिन बजार संचालनको तयारीसंगै यस क्षेत्रमा शान्ति सुरक्षाको चुनौती बढेकाले त्यसतर्फ गम्भिर हुन आग्रह गर्नु भयो ।

ADVERTISEMENT

कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक दान बहादुर थापाले व्यवसायी र प्रहरी प्रशासनको सम्बन्ध रुखको वोट र जराको जुन सम्बन्ध हुन्छ सोही अनुपातमा रहनु पर्नेमा जोड दिनु भयो ।
प्रहरी प्रति व्यवसायीका गुनासा हुनसक्ने भएपनि एक आपसमा छलफल गरि समाधान गर्न जरुरी रहेको उहाँले औल्याउनु भयो ।
त्यस्तै संघका संस्थापक सचिव तथा पर्यटन व्यवसायी माधव नेपालले संसारका हरेक मुलुकहरु आन्तरिक पर्यटन प्रवद्धनवाट चलायमान भएकाले बुटवललाई पनि आन्तरिक पर्यटकको हव वनाउन जोड दिनु भयो । कार्यक्रममा लुम्बिनी प्रदेश पर्यटन परिषदका कार्यकारी निर्देशक रामु जोसीले पर्यटकको चाहना अनुसार व्यवसायीले प्रोडक्ट उत्पादन र सेवा दिने वातावरण बनाउन जरुरी रहेको बताउनु भयो ।

त्यसका लागि पर्यटन परिषदले योजना बनाउन लागेको औल्याउनु भयो । त्यस्तै कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उप प्रमुख शावित्रा देवि अर्यालले यस क्षेत्रको आर्थिक सम्वृद्धिका लागि बुटवलमा रात्रीकालिन वजार संचालनको अनुमति पाएकोले अब क्रमश पहिलो चरणमा राति ११ बजे अनि १२ बजे हुँदै उज्यालो शहरका रुपमा विस्तार गरिने बताउनु भयो ।

नगरमा आर्थिक अभाव रहेकाले केन्द्र ,प्रदेश र स्थानिय तहबीच समन्वय हुनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष समुन्द्र जिसीले बुटवलमा रात्रीकालिन वजारका लाागि सवैको सहयोग जरुरी रहेको बताउनु भयो ।

खाना महोत्सवमा उत्कृष्ट हुने तथा महोत्सव सफल बनाउन सहयोग गर्नेहरुलाई सम्मान गरिएको महासचिव माधवकुमार खनालले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?