योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा मीनबहादुर श्रेष्ठ नियुक्त हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले डा श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

उपाध्यक्षमा नियुक्त डा श्रेष्ठलाई आजै आयोगका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

ADVERTISEMENT

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उहाँलाई पद तथा गोपनीयताको शपथग्रहण गराइएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । यसअघि पनि डा श्रेष्ठले उपाध्यक्षको भूमिका निर्वाह गरिसक्नुभएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?