यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

Read Time = 2 mins

काठमाडौं ।  नेपाल राष्ट्र बैँकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ५० पैसा र बिक्रीदर १३० रुपैयाँ २५ पैसा तोकिएको छ ।

रोपियन युरो एककाे खरिददर १४० रुपैयाँ ६० पैसा र बिक्रीमा १४१ रुपैयाँ २५ पैसा तोकिएको छ ।  अष्ट्रेलियन डलर एकको खरिदमूल्य ९० रुपैयाँ २२ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ६४ पैसामा कारोबार भइरहेको छ ।

ADVERTISEMENT

साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ४८ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६४ पैसा तोकिएको छ । कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ३५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५२ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य ३० रुपैयाँ २२ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ३६ पैसा रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ५३ पैसा र बिक्रीमा १० रुपैयाँ ५७ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ५४ पैसा र बिक्रीमा १६ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिद दर ४२४ रुपैयाँ २४ पैसा र बिक्रीमा ४२६ रुपैयाँ २१ पैसा र बहराइन दिनार एकको खरिदमा ३४३ रुपैयाँ ५० पैसा र बिक्रीमा ३४५ रुपैयाँ ९ पैसा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?